Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल भर्सेस ओमानः सागरले पूरा गरे अर्धशतक ! [LIVE]

काठमाडौं, भदौ १३ । मलेसियामा भइरहेको ओमान विरुद्धको खेलमा नेपाली खेलाडी सागर पुनले अर्धशतक पूरा गरेका छन् । उनले ६७ बलमा अर्धशतक पूरा गरेका हुन् । एसिया कपको छनोटका लागि अहिले नेपालले ओमानविरुद्ध खेलिरहेको छ । यो समाचार तया पार्दासम्म नेपालले ४ विकेट गुमाउँदै ४२ ओभरको खेल सकिदा १६२ रन बनाएको छ ।

 

लाइभ खेलको स्कोर हेर्न यहाँ क्लिक गर्नुस्-

नेपाल ओमानसँग ६ पटक भिडेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ । छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् ।

 

नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।  विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: