Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

धमाधम कक्षाकोठाको निर्माण

चौतारा, भदौ १३ । गोरखा भूकम्पबाट क्षतिग्रस्त ५२८ विद्यालयका एक हजार ३८० कक्षा कोठाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

चालु आर्थिक वर्षमा थप एक हजार ३९ कक्षा कोठाको पुनःनिर्माण कार्य सम्पन्न गर्न तीव्रगतिमा काम भइरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख कृष्णप्रसाद सुवेदीले बताए ।

शिक्षा इकाइले आर्थिक वर्ष २०७३-७४ मा १०३ विद्यालयको ४६० कक्षा कोठामध्ये १९९ र आर्थिक वर्ष २०७४÷७५ मा १०३ विद्यालयको ४३५ कक्षा कोठामध्ये ३१ सहित २३० कक्षा कोठाको निर्माण कार्य सम्पन्न भएको छ ।

त्यसैगरी ३२२ विद्यालयको साविक जिल्ला शिक्षा कार्यालय र जिल्लामा कार्यरत स्वदेशी तथा विदेशी विभिन्न सङ्घसंस्थासमेतले कूल एक हजार १५० कक्षा कोठाको मर्मत तथा ट्रस्ट निर्माण गरी कक्षा सञ्चालन भएका छन् ।

क्षतिग्रस्त विद्यालयको लागि सम्बन्धित विद्यालयको व्यवस्थापन समितिमार्फत पुनःनिर्माण काम गरिएको छ । शिक्षा इकाइले आव २०७३-७४ मा रु ५६ करोड २२ लाख ३८ हजार ९०८ र २०७४-७५ को लागि रु २९ करोड ५२ लाख ४६ हजार ३०७ रुपैया भुक्तान गरिएको छ ।

त्यसैगरी जिल्लाको ३८ विद्यालयको लागि केन्द्रीय आयोजना इकाइ (शिक्षा) मार्फत ठेक्का प्रक्रियाबाट निर्माण काम भइरहेको छ । चालु आव २०७५-७६ मा ४१ विद्यालयको ११४ कक्षा कोठा निर्माण गर्ने कार्यक्रम रहेपनि हालसम्म छनोटकै चरणमा रहेको छ । त्यसको लागि रु १३ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको लागि प्रत्येक नगरपालिका र गाउँपालिकामा आवश्यक पर्ने कक्षा कोठाको लगत सङ्कलन गरी काम गर्ने नीति लिइएको इकाइ प्रमुख सुवेदीले बताए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: