Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विश्व कीर्तिमान बनाउन ५४ घण्टादेखि लगातार भाषण गर्दै अनन्तराम

काठमाडौँ, भदौ १३ । लगाता बोलेर विश्व कीर्तिमान बनाउन अनन्तराम केसी ५४ घण्टादेखि लगातार बोलिरहेका
छन् ।

गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ जोरपाटिमा रहेको इष्ट पोल माध्यमिक विद्यालयमा केसी लगातार बोलिरहेका छन् । अहिले दिउँसो १२ बजेसम्म उनी ५४ घण्टा लगातार बोलेका छन् ।

अभियानको संयोजन न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले गरेका छन् ।

अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेका थिए । गत वर्ष प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्ड्सले प्रमाणीकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको हो । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र अनुसन्धानका लागि त्यसको तालीमसमेत दिने गरेका केसीले यसपटक ‘विश्वले चिन्ने छ नेपालीलाई’ भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् ।

केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएक छन् । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख गिनिज वल्र्ड रेकर्ड्समा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: