Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालको अर्को सफलताः सन्दीपले लिए ओमानको दोश्रो विकेट

मलेशिया, एशिया कप छनौटको जारी खेलमा नेपालले अर्को सफलता हात पारेको छ ।

नेपाली बलर सन्दीप लामिछानेले नेपालसँग जवाफी ब्याटिङमा उत्रेको ओमानको दोश्रो विकेट लिएका हुन ।

२१ ओभरमा सन्दीपले बलमा  ओमनका ओपनर ब्याट्सम्यान जतिन्दर सिंह ३० रन रनआउट भएका हुन् । ६७ बलमा ३ चौकाको मद्दतले वाटेगाओंकरले ३० रन जोडेका छन् ।

ओमानले नेपालले दिएको २२२ रनको लक्ष्य भेदन गर्न २७ ओभरमा १४९ रन बनाउनु पर्ने छ । ओमानको हातमा अझै ८ विकेट बाँकी छन् ।

नेपालले कसिलो बलिङ गर्दै थप विकेट लिन सकेमात्रै ओमानविरुद्धको खेल जित्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: