Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मापसे गरे जरिवाना

भद्रपुर । नेपाल मुस्लिम नागरिक समाज गौरीगञ्जले मादक पदार्थ सेवन गरेर समाजिक सद्भाव बिथोल्ने मुसलमान समुदायलाई जरिवाना तिराउने भएको छ ।

बुधबार बसेको बैठकले समुदायलाई अनुशासित र मर्यादित बनाउन सो निर्णय गरेको समाजका अध्यक्ष नसीर उद्दीनले बताए । उनका अनुसार मादक पदार्थको प्रयोग गरी झगडा गरेमा पहिलो पटक रु ५५१, दोस्रो पटक रु एक हजार १०० र तेस्रो पटक रु एक हजार ५५१ जरिवाना तिराउने बैठकले निर्णय गरेको छ ।

जरिवाना तिर्दै जाने तर मापसे गर्न नछाड्ने हो भने समाजबाट त्यस्ता व्यक्तिलाई बहिष्कार गरिने अध्यक्षको भनाइ छ ।

गौरीगञ्ज गाउँपालिकामा मुस्लिम समुदायको बढी बसोबास छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: