Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीलंकाली राष्ट्रपति मैत्रीपाला काडमाडौंमा

काठमाडौं, भदौ १३ । काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आइपुगेका छन् ।

भोलि र पर्सी गरी दुई दिनसम्म चल्ने बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन् । उनलई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

राष्ट्रपति सिरिसेना नेपाल भ्रमणका क्रममा लुम्बिनी जाने पनि कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: