Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बेपत्ता पत्रकारको खोजीमा गम्भीर हुन पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौँ, भदौ १३ ।  विगत चार दिनदेखि बेपत्ता अवस्थामा रहेका पत्रकार तेजबहादुर खड्काको खोजीमा सरकारले गम्भीरता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार खड्काको खोजी कार्यका लागि महासंघले स्थानीय निकाय, प्रदेश सरकार एवं विभिन्न सुरक्षा निकाय र सरकारसँग निरन्तर आग्रह र पहल गर्दै आएको बताएको छ छ ।

भाद्र १० गते करिब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका हुन् ।

विज्ञप्तिमा चार दिन बितिसक्दा पनि  पत्रकार खड्काको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त नहुँदा महासंघ गम्भीर र दुःखी भएको जनाइएको छ ।

महासंघले बेपत्ता भएका पत्रकार खड्काको खोजी कार्यमा तदारुकता देखाई उनको अवस्था तत्काल पत्ता लगाउन सरकारसँग जोडदार माग गरेको छ ।
महासंघका महासचिव रमेश बिष्टद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा बेपत्ता अवस्थामा रहेका पत्रकार खड्काको खोजी कार्यमा सहयोग गर्न मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी र सञ्चारसम्वद्ध संघसंस्थाका साथै सबैमा आहृवान गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: