Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विदेशी लगानीबारे प्रचण्ड भन्छन्,- ‘बिरालो कालो वा सेतो जस्तो भएपनि त्यसले मुसा मार्नुपर्छ’

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले विगतमा विरोध गरेपनि अहिले आफू विदेशी लगानीको पक्षमा रहेको खुलासा गरेका छन् । निर्माण व्यवसायी संघ चितवनको २५ औँ साधारण सभालाई बुधबार भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा खुलासा गरेका हुन् ।

‘चीनमा पनि विकास गर्दा विदेशी लगानी ल्याउने कि नल्याउने भन्ने बहस भएको थियो । एकथरीले ल्याउनुपर्छ भन्थे, अर्कोथरीले ल्याउनु हुँदैन भन्थे’ अध्यक्ष प्रचण्डले भने । उनले थपे, ‘एक जमानामा हामी पनि विदेशी लगानी हुनु हुँदैन भन्ने लाइनमा थियौँ । अहिले हामी विदेशी लगानी चाहिन्छ भन्ने लाइनमा छौँ । निजी वा सरकारी जसले गरेपनि राम्रो काम हुनुपर्छ । बिरालो कालो वा सेतो जस्तो भएपनि त्यसले मुसा मार्नुपर्छ ।’

विकासको काम सरकारले नै गर्नुपर्छ भन्ने नभएको र निजी क्षेत्रले पनि विकासमा हातेमालो गर्न सक्ने पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बताए । ‘सरकारले कर लगाउँछ, लगाउनु पनि पर्छ, तर कर लगाउँदा हास्यास्पद भने हुनु भएन’ पछिल्लो समयमा करको बारेमा उठेका प्रश्नहरुप्रति केन्द्रित हुँदै प्रचण्डले भने, ‘शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने, अन्य सेवा र सुविधा पनि दिनुपर्ने तर कर बढाउन नपाइने हो भने कसरी काम हुन्छ ? विदेशीसँग भीख मागेर ती काम गर्ने ? मुख्य कुरा भनेको जनतामा पनि कर तिर्ने संस्कारको विकास हुनुपर्छ ।’

प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासबाट देशलाई समृद्ध बनाउन सकिने बताए । प्रदेश नम्बर तीनका कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले एक ठाउँमा कर तिरेपछि अन्यत्र तिर्न नपर्ने गरी तीन नम्बर प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले नेपालमा कर्मचारीतन्त्र नै विकासको बाधक बनेको टिप्पणी गरे । ‘हामी फटाहा हौँ भने कारबाही भोग्न तयार छौँ । कसले हामीलाई फटाहा बनायो ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: