Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

साउदी जेलमा रहेका कुमारलाई आर्थिक सहयोग जुट्नेक्रम जारी

साउदी । साउदी अरबको जेलमा रहेका कुमार राना मगरलाई रिहाइका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । गोरखाको भिसेन गाउँपालिका-७ घर भएका मगर साउदीमा गाडी चलाएका बेला त्यहिँका नागरिकलाई दुर्घटनामा पारेपछि उनी १ वर्षदेखि साउदी जेलमा छन् ।

उनले ठक्कर दिएका साउदी नागरिक उपचारका लागि अस्पतालमा छन् । घाइतेको उपचारका लागि साउदी नागरिकले रकम माग गरेपछि रानालाई जेलमुक्तका गर्न रकम संकलन कार्य जुटिरहेको हो । यसैबीच, नेपाली जन प्रगतिशील मञ्च साउदीले पनि रानालाई जेलबाट छुटाउनका लागि आर्थिक सहयोग गरेको छ । मञ्चले नवराज गिरी मार्फत राना बचाउ अभियानका संयोजक कृष्णप्रसाद ढकालको रोहबरमा रानाकी श्रीमती अम्विका मगरलाई रहकम हस्तान्तरण गरेको छ ।

मञ्चले राना बचाउ अभियानका लागि हिजो (बुधबार) ८७ हजार आर्थिक सहयोग गरेको हो ।  यस्तै, दिल बहादुर र कुमार राना रिहाई समितिका संयोजक हुम सुनारी मगरले मंचको पहलमा तीन हजार साउदी रियाल सहयोग गरेका छन् । मञ्चका महासचिव बाबुलाल बुढाले साउदीमा जेल जीवन बिताइरहेका कुमार राना र दिल बहादुर घर्तीको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यावद व्यक्त गरेका छन् ।

केही महिना अघि दिपेस पुनको संयोजकत्वमा बनेको दिल बहादुर रिहाइ समिति बिदेश बिभागमा रहेका महासचिव बुढा दुई वर्षदेखि दिलबहादुर घर्तीको रिहाइको लागि दूतावास मात्र नभएर तत्कालिन सभामुख ओनसरी घर्ती, बर्तमान उर्जा मन्त्री बर्षमान पुन, सभामुख कृष्णबहादुर महरा देखि उपराष्टपति नन्द किशोर पुनसम्म धाएका छन् ।

यसअघि पनि नेपाली जन प्रगतिशील मञ्चले थुप्रै सकारात्मक काम गरेको छ । उसले दिल बहादुरको रिहाइको लागि चाहिने रकम ६७ लाख रुपैयाँ परराष्ट मन्त्रालयमा जम्मा गरि सकेको छ । साथै, मञ्चले साउदी अरबका पीडित श्रमिकहरुलाई सहयोगलगायत विभिन्न राम्रा काम गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: