Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कृष्ण आचार्यको ‘अप्रिल फुल’ भदौ २३ मा पाठकमाझ

काठमाडौं, भदौ १४ । लेखक एवं पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ अन्ततः भदौमा नै बजारमा आउने भएको छ । प्रकाशन हुनुअघि नै चर्चामा रहेको उपन्यास भदौ २३ गते विमोचन गर्ने तयारी रहेको लेखक आचार्यले जानकारी दिए ।

युवा प्रेमलाई केन्द्रमा राखेर तयार पारिएको उपन्यासले वर्तमान युवा पुस्ताको मन-मस्तिष्क बोलेको लेखकको दाबी छ । उनी भन्छन्, ‘आख्यान भए पनि वर्तमान अवस्थामा समाज वरपर रहेको घटनाक्रमलाई उपन्यासमा उठान गरिएको छ ।

पढ्दा सबैले आफूले भोगेका र देख्दै आएका कुरालाई महसुस गर्नेछन् ।’ छोराछोरीको इच्छा, चाहना, आवश्यकता र मनोविज्ञान बुझ्न बाबु-आमाका लागि पनि उपन्यास पठनीय रहेको लेखकले बताए ।

एक दशकदेखि पत्रकारिता गर्दै आएका लेखक आचार्यले विभिन्न संचार माध्यममा कथाहरु लेख्दै आएका छन् । आचार्य हाल नयाँ पत्रिका दैनिकमा उप-सम्पादकको रुपमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: