Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं अाइपुगे थाइल्याण्डका प्रधानमन्त्री

काठमाडौँ, भदौ १४ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा बिहीबार काठमाडौँ आइपुगे ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो।

थाइल्याण्डका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत तान्सकुल र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका थिए ।

रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: