Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हात्तीको अाक्रमणबाट ज्यान गुमाएकालाई राहत

भद्रपुर । डिभिजन वन कार्यालय झापाले वन्यजन्तुबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७४-०७५ मा जङ्गली हात्तीका कारण ज्यान गुमाएका तीन जनालाई प्रतिपरिवार रु १० लाख क्षतिपूर्ति बुधबार हस्तान्तरण गरिएको हो । वन्यजन्तु क्षतिबापत अनारमनीका रसुल मिया, हरिमान राजवंशी र चन्द्रगढीका दुर्गाबहादुर कटुवालको परिवारलाई सो राहत दिइएको हो ।

त्यसैगरी डढेलोबाट रोकथाम तथा हरियाली निर्माण गरेबापत उत्कृष्ट सामुदायिक वन प्रथम कमलधाम रामपोखरी वन, द्धितीय प्रजापति सामुदायिक वन र तृतीय हिमालय सामुदायिक वन कन्काइलाई नगदसहित पुरस्कृत गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले बताए ।

सोही अवसरमा उत्कृष्ट सशस्त्र वन रक्षक सम्मानबाट प्रदीप राजवंशी र लोकबहादुर बुढाथोकी सम्मानित भएका छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: