Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गोसाइँकुण्डमा भक्तजनले चढाएको भेटी सार्वजनिक

रसुवा । जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा भक्तजनले चढाएको भेटी सार्वजनिक भएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भक्तजनले चढाएको भेटी नेपाल प्रहरीको रोहवरमा गणना गर्दा रु एक लाख ४१ हजार ६०० सङ्कलन भएको र सो भेटी गोसाइँकुण्ड महादेवका नामबाट खोलिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिको नाममा दाखिला गरिएको हो ।

गोसाइँकुण्ड मेला भर्न आएका सबै तीर्थयात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र कुण्डदेखि धुञ्चेसम्म मेला भर्ने सबै यात्रु गन्तव्यतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार गोसाइँकुण्ड मेला शान्त वातावरणमा सम्पन्न भएको हो । गोसाइँकुण्ड मेलामा लेक लागी जटिल अवस्थामा पुगेका नौजनालाई नेपाली सेनाले उद्धार गरेको थियो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: