नेपालका सागर पुन पनि आउट

काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपालले युएईले दिएको २५५ रनको लक्ष्य पछयाइएरहेको छ ।

नेपालका तेस्रो व्याटस्म्यान सागर पुन पनि आउट भएका छन् । यसअघि नेपालका कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल आउट भइसकेका छन् । ताजा अवस्थामा १९ ओभरको समाप्तीमा नेपालले तीन विकेटको क्षतिमा ५५ रन बनाएको छ ।

अहिले क्रिजमा सभाष खकुरेल २३ र दीपृेन्द्रसिंह ऐरी २ रन बनाएर खेलि रहेका छन् ।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल आउट भएका छन् । उनी पहिलो ओभरमा आउट भएका हुन् । अहिले नेपालकातर्फबाट कप्तान परास खड्का र सुभाष खकुरेल क्रिजमा छन् ।

नेपालले ताजा अवस्थामा १० ओभरको समाप्ती दुई विकेट गुमाउदै नेपालले ३५ रन बनाएको छ । अहिले क्रिजमा सुभाष खकुरेल र सागर पुन रहेका छन् ।

कमेन्ट गर्नुहोस्