६ देशका राष्ट्र तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

काठमाडौं, भदौ १४ । बिमस्टेकको चौथो शिखर सम्मेलनमा समभागी हुन नेपाल आएका छ वटै सदस्य मुलुकका विशिष्ट पाहुना राष्ट्रपति भवन शीतल निवास राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गरिरहेका छन् ।

उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले राष्ट्रपति भवनमा स्वागत गरेका थिए। बिहीबार सुरु हुने शिखर सम्मेलनमा राष्ट्रपति भण्डारीले पाहुनाहरुको सम्मानमा दिवा भोजको आयोजना गरेकी छिन्।

याे पनि पढ्नुस  वाम गठबन्धनका युवा नेताद्वारा राष्ट्रपतिसँग भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सो दिवाभोजमा सहभागी भएका छन्। दिवाभोजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक र श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना रहेका छन्।

याे पनि पढ्नुस  माघीको अवसरमा राष्ट्रपतिद्वारा जलपान समारोह

कमेन्ट गर्नुहोस्