सरकारको बचाउ गर्दै कमल थापा, ‘समय नपुग्दै आलोचना गर्नु व्यर्थ’

विराटनगर, भदाै १४ ।  बिराटनगर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको मूल्यांकन गर्ने समय आइ नसकेको बताएका छन् । बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले सरकार गठन भएको जम्मा ६ महिना मात्रै पुगेकोले अहिले नै मूल्यांकन गर्न नसकिने बताएका हुन ।

याे पनि पढ्नुस  राप्रपा गठबन्धनसंग नजिकियो

अध्यक्ष थापाले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने विषय भने फेरी पनि उठाए । यति मात्रै होइन, राजसंस्थाका बारेमा समेत पुनः बहस गर्नुपर्ने उनको जिकिर थियो । उनले राजसंस्थालाई सहमतिका आधारमा टुङ्ग्याउन जोड दिएका छन् । “सनातन हिन्दू राष्ट्र, लोकतन्त्रसहितको राजसंस्थालगायतका विषय सहमतिका आधारमा टुङ्ग्याउनु पर्छ ।” उनले भने ।

याे पनि पढ्नुस  राप्रपाले बोलायो आकस्मिक बैठक

अध्यक्ष थापाले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) हटाउने र काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कार्य रोकेकामा सरकारप्रति गुनासो व्यक्त गरे।

उनले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दलको सहमति लिएर सहकार्य गर्नु उपयुक्त हुने विचार व्यक्त गरे।

कमेन्ट गर्नुहोस्