Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल युएईसँग पराजित, एसिया कप खेल्ने सम्भावन कति ?

काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपाल युएईसँग पराजित भएको छ । २५५ रनको लक्ष्य पछयाइरहेको नेपाल ४८.५ ओभरमा अलआउट भयो । नेपालले १७६ रनमात्रै बनाउन सक्यो ।

नेपालका लागि सुभाष खकुरेलले सर्वाधिक ५० रन बनाए भने दीपेन्द्रसिंह ऐरी ४०, सोमपाल कामी नटआउट २७, पारस खड्का १६, बसन्त रेग्मी १२ बनाएर आउट भए । युएईका बल सामू नेपाली व्याट्म्यान खुलेर खेल्नै सकेनन् ।

युएईका लागि अहमेद राजाले सर्वाधिक ४, मोहम्मद नावीले ३, अमीर हायतले २ र अश्फ अहमेदले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे ।

अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडनसहित २४ रन खर्चेका थिए । वसन्त रेग्मी र सोमापाल कामीले समान दुई÷दुई विकेट लिए ।

सन्दीप नेपालको लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा सर्वाधिक विकेट लिने खेलाडीसमेत बने । उनको विकेट सङ्ख्या अब आठ पुगेको छ । यसअघि नेदरल्याण्ड्सविरुद्धको पहिलो सिरिजको दुई खेलमा सन्दीपले ४ विकेट लिएका थिए । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् ।

नेपालले बुधबार आफ्नो पहिलो खेलमा पनि ओमानसँग फराकिलो हार व्यहोरेको थियो । नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । यो नेपालको लगातार दोस्रो हार । साथै फराकिलो हार पनि ।

नेपाल, ओमान, युएई, सिंगापुर, मलेसिया र हङकङ रहेको छनोट खेलमा राउण्ड रोविनको आधारमा शीर्षस्थानमा रहने दुई टोलीबीच खेल हुने छ । र विजेता यसै वर्ष युएईमा हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, बंगलादेश जस्ता टेष्ट राष्टसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपाल अहिले ६ देश संलग्न समूहमा पाँचौ स्थानमा रहेको छ । नेपालपछि सिंगापुर रहेको छ । बाँकी खेलमा नेपालले ठूलो रन र विकेटले जिते खेल जित्नु पर्ने छ । साथै युएई र ओमानले वाँकी कम्तिमा दुई दुईवटा खेल हारेमा नेपालको सम्भावन छ । नत्र नेपालको एसिया कप खेल्न पाउने सम्भावना निकै कम भएकाे छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: