Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बम दिदीबहिनीलाई ७ हिरासतमा राख्न आदलतको अादेश

महेन्द्रनगर, भदौ १४ । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको घट्नामा अनुसन्धान गर्न पक्राउ परेका बबिता बम र रोशनी बमलाई थप सात दिन हिरासतमा राखि अनुसन्धान गर्न कञ्चनपुर जिल्ला अदालतले अनुमति दिएको छ ।

गएको साउन १० गते बेपत्ता भएकी पन्तको ११ गते उखुबारीमा शव फेला परेको थियो । पोष्टमार्टम रिपोर्ट अनुसार उनको बलात्कारपछि हत्या भएको पुष्टी भएको छ ।

प्रहरीले हत्या आरोपमा मानसिक सन्तुलन गुमाएको भीमदत्त नगरपालिका १९ का ४१ वर्षीय दिलिपसिहं विष्ट पक्राउ गरेर सार्वजनिक गरेपछि स्थानीयले दोषीलाई बचाउन नक्कली अभियुक्त करार गरेको बन्दै गरेको विरुद्ध प्रदर्शनमा सन्नी खुनाको मृत्यु भएको थियो ।

तर बमको घरमा गएकी पन्त बेपत्ता भएको र उनीहरुको व्यवहार शंकास्पद भएपनि प्रहरीले पक्राउ नगरेपछि त्यसको चर्को विरोध भएपछि कञ्चनपुरका नयाँ प्रहरी प्रमुख कुबेर कडायतले घटनाबारे शुरुबाट अनुसन्धान गर्ने भन्दै बम दिदीबहिनीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेका छन् ।

घटनाबारे छानविन गर्न सरकारले हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: