Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोनाल्डो र सलाहलाई पछि पार्दै युइएफए वर्ष खेलाडी बने लुका मोड्रिच

काठमाडौं, भदौ १५ । रियल मड्रिडको क्रोएसियाली स्टार फुटबलर लुका मोड्रिच यस वर्षको युइएफए वर्ष खेलाडी बन्न सफल भएका छन् । उनले रियलका पूर्व स्टार खेलाडी क्रिष्ट्रियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै बिहीबार उक्त उपाधि हात पारेका हुन ।

मोड्रिचले भने, ‘यो ठूलो पुरस्कार जित्न सफल भएकोमा म धेरै खुशी छु । मैले यसका लागि कडा मेहनत गरेको थियो । र आज यो उच्च स्थान पाउन सफल भएको छु ।’

रियललाई तेस्रो पटक लीग च्याम्पियन बनाउन रर क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याउन लुकाको भूमिका महत्वपूर्ण रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: