Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खानेपानी मन्त्री बीना मगरको हस्ताक्षर र नागरिकता किर्ते गर्ने पक्राउ

काठमाडौं, भदौ १५ । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरको हस्ताक्षर र नागरिकता किर्ते गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाका सन्जिव दाहाल रहेका छन् ।

मन्त्री मगरको नागरिकता, राहादानी र हस्ताक्षर दुरुपयोग गरी सुन्धारास्थित नेपाल टेलिकमबाट भिआइपी सिम कार्ड झिक्दै गर्दा पक्राउ परेका दाहाल पत्रकार भएको खुलेको छ । उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले कागजात प्रतिलिपीसहित सिमकार्ड झिक्दै गर्दा पक्राउ गरेको हो ।

 

दाहालले यसअगाडि पनि किर्ते काम गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: