Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ओपोको एफ नाइन अब नेपाली बजारमा

काठमाडौं, भदौ १५ । नेपाली बजारमा ओपो मोबाइलको नयाँ उत्पादन ओपो एफ नाइन आएको छ । ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्यास चार्जिङ र उद्योगकै पहिलो ग्राडियन्ट कलर डिजाइनसहित एफ नाइन आएको कम्पनीले जनाएको छ ।

 

सनराइज रेड, ट्वाइलाइट ब्ल्यु र स्टारी पर्पल गरी तीन भिन्न ग्राडियन्ट कलर एफ नाइन उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सनराइज रेड र ट्वाइलाइट ब्ल्यु देशभरका अफलाइन स्टोरमार्फत भदौ १४ गतेदेखि बिक्री भएको छ भने स्टारी पर्पलका लागि केही समय लाग्ने छ । ओपो एफ नाइन ४ जीबी को मूल्य ४१ हजार ५९० र ६ जीबी को मूल्य ४५ हजार ५९० रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: