Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुवईमा ‘मोडल सङ्गस अवार्ड’ हुँदै

काठमाडौं । दुबईमा ‘मोडल सङ्गस अवार्ड’ हुने भएको छ । आगामी असोज ५ अर्थात २१ सेप्टेम्बरमा यो अवार्ड हुन लागेको आयोजकले जनाएको हो ।

‘नेपाली कला, संस्कृति, स्रष्टा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रय अवार्ड’ भनिएको यो अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशन लगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिने बताइएको छ ।

नेपालमा सफल सौन्दर्य प्रतियोगीता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गर्न लागेको अवार्ड कार्यक्रमलाई दुबईमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवम् सहभागितामा सम्पन्न हुने छ ।

‘हामीले दुबईमा गर्न लागेको मोडल सङ्गस अवार्डको तयारी गरिरहेका छौ, नेपालबाट तीन दर्जनभन्दा बढी कलाकार सहभागी हुँदैछन्’, मोडल सङ्गस नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले भने । एवार्डको एसोसियट्समा पेजेन्ट नेपाल रहेको छ ।

कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: