Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भदाै १५ बाट ‘सुर्य ईन्टरनेशनल अवार्ड’ को भोटिङ खुला

फेसबुक र जिमेलबाट विश्वभर निशुल्क

काठमाडौं । आगामी भदौ ३१ गते जापानमा हुन गइरहेको ‘सूर्य ईन्टरनेशनल अवार्ड–२०१८’को भोटिङ प्रक्रिया भदौ १५ गतेबाट शुरु हुने आयोजक संस्था सुर्य कर्पोरेशनले जनाएको छ ।

चलचित्र र संगीत दुई तर्फबाट १२ वटा विधामा अवार्ड वितरण गर्न भोटिङ गर्नुपर्ने छ । गुगल एकाउण्टमा मेल आईडी हुनेहरु र फेसबुक (मुहार पुस्तिका) आईडी हुनेहरुले विश्वभरबाट आफूलाई मन परेको कलाकारलाई निःशुल्क भोटिङ गर्न सकिने छ ।

भदौ १५ गतेदेखि ३० गते राति १२ बजेसम्मको भोटिङलाई मान्यता दिने आयोजक संस्थाले जनाएको छ । पपुलर अवार्ड भएको कारण भोटिङ प्रक्रिया राख्न लागेको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।

आफूलाई मन परेको कलाकारलाई भोटिङ गर्नको लागि सबैभन्दा पहिले ‘सूर्य ईन्टरनेशनल अवार्ड डटकम’ मा जानुपर्ने छ । त्यसपछि त्यसमा भएको नोमिनिज शीर्षकमा गई नोमिनिज विधाहरु हेर्न सकिने छ । नोमिनिज विधामा क्लिक गरेपछि उत्कृष्ट पाँचको प्रोफाईल खुल्ने छ ।

उत्कृष्ट पाँचको बारेमा छोटो परिचय समेत समावेश गरिएको छ ।

उत्कृष्ट पाँचको प्राफाईसँगै भोट भन्ने रातो बटम राखिएको छ । त्यसमा क्लिक गरेर आफ्नो आईडी र पासवर्ड राखेपछि भोटिङ हुने छ ।

गुगलमा भएको एकाउण्ट आईडीबाहेक फेसबुक आईडीबाट लग ईन गरी पनि विश्वभरबाट निःशुल्क भोटिङ गर्न सकिने छ ।

यसरी गरिएको भोटिङ एक विधामा एक जनालाई मात्र गर्न सकिने छ । भोटिङबाट आएको कुल मतको आधारमा जापानको टोकियोमा भदौ ३१ गते हुने भव्य अवार्ड समारोहमा उत्कृष्ट कलाकारहरुलाई अवार्ड वितरण गरिने आयोजक संस्थाका नेपाल व्यवस्थापक समीर बलामीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: