Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतमा एक नेपालीको हत्या, दुई जना बेपत्ता

बर्दिया, भदौ १५ । बर्दियाको सीमावर्ती क्षेत्र भारत कतरनीयाघाट वन्यजन्तु आरक्षमा एक नेपालीको बिहीबार शव फेला परेको छ ।

बर्दियाका प्रहरी प्रमुख एसपी सुरेन्द्र मैनालीका अनुसार भारत कतरनीयाघाट वन्यजन्तु आरक्षको सुगौली थाना नजिक बैरीखल्ला जंगलमा राजापुर नगरपालिका–१० का इन्द्रबहादुर थारुको शव भेटिएको हो ।

सुगौली थाना नजिक मृत अवस्थामा फेला परेको थारुको हत्या भएको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय, राजापुरबाट खटिएको प्रहरी टोली र मृतकका आफन्तले शव पहिचान गरेका हुन् ।

राजापुर नपाबाट ११ दिन चार जना घरबाट त्यता गएका तर गोपाल चन्द गोलीको छर्रा लागेर पाँच दिनअघि घाइते अवस्थामाघर फर्किएका थिए भने दुई जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार उनीहरु जंगलमा चोरी शिकारका लागि गएको अनुसन्धानमा देखिएको जनाएको छ ।

थारुको शव पोष्टमार्टमका लागि बहराइच जिल्ला अस्पताल लगिएको छ । उनको हत्या भएको आशंका स्थानीयले गरेका छन् । हत्या कसले गर्‍यो थाहा हुन सकेको छैन । शव परीक्षण पछि घटनाको जानकारी बाहिर आउने छ । प्रहरी उपरीक्षक मैनालीले अनुसन्धान भई रहेको जनाकारी दिए ।

सोही ठाउँका वीरेन्द्र बहादुर शाह र बालकृष्ण चौधरी एघार दिनदेखि वेपत्ता छन् । उनीहरुको खोजी गरिदिन आफ्न्तले प्रहरीसंग अनुरोध गरेका छन् । उनीहरु सीमावर्ती कतरनीयाघाट वन्यजन्तु आरक्षको जंगलबाट सम्पर्क विहीन भएका थिए । शाह र चौधरीको अवस्था अज्ञात भएकाले घटना बारे अनुसन्धान गर्न समस्या भएको प्रहरीको भनाई रहेको छ ।

चौपाया खोज्न गएको भनिएका बर्दिया राजापुर—१० का ४२ वर्षीय चन्दसंग घटना बारे प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार चन्द कान सुन्दैनन् । गोलीका छर्रा लागि घाईते भएका चन्द नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि घर फर्केका थिए । घटनास्थल सदरमुकाम गुलरीयादेखि करिब ३५ किमि पश्चिम–दक्षिणमा पर्दछ । शाह र चौधरीको खोजी गर्न नेपाल र भारतीय सुरक्षाकर्मी खटिएको मैनालीले बताए । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: