Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्व.रिमालको निधनप्रति टि्वटरमार्फत प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हरिप्रसाद रिमालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले शुक्रबार ट्विटमार्फत स्व रिमालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले करीब डेढ वर्षअघि स्व रिमालको स्वास्थ्य स्थिति बुझ्न जाँदा भएको आत्मीय संवादको अहिले पनि आफूले स्मरण गरिरहेको जनाएका छन् । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर रिमालको ९२ वर्षको उमेरमा शुक्रबार बिहान उनकै निवासमा निधन भएको हो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: