ओरल सेक्स यसकारण खतनाक !

धेरै जोडीहरु छन जसले ओरल सेक्सलाई सबैभन्दा बढी मन पराउँछन् । र ओरल सेक्स विना यौन जीवन नै अधुरो हुने मान्छन् । तर उनीहरुले ओरल सेक्सका कारण कति पीडा हुनछ र कयौ जोखिम लिएर आएको हुन्छ भन्ने बारे अनभिज्ञ हुन्छन् ।

​परापूर्वकालमा पनि ओरल सेक्स
परापूर्व कालमा मिस्रदेखि लिएर ग्रीस, रोम र भारतमा यौन जोडीले ओरल सेक्स गर्ने गरेको ‘कामसूत्र’ पुस्तकमा उल्लेख गरिएको छ । तर यहाँ बुझ्नु पर्ने कुरा के छ भने प्रत्येक यौन क्रियाले सकारात्मक र नकरात्मक असर पार्ने गर्दछ । आउनुहोस ओेरल सेक्सले हुन सक्ने खतराहरु के के छन ?

एचआइभीको खतरा
यदि कुनै व्यक्ति पहिलेदेखि नै एचआइभी या सरुवा यौंन रोग (एसटीडी) बाट संक्रमित छ भने उक्त व्यक्तिसँग कुनै पनि प्रकारको शारीरिक सम्पर्क नगर्नु राम्रो । कुनैपनि संक्रमित व्यक्तिसँग ओरल सेक्स गर्नाले अर्को व्यक्तिमा उक्त संक्रमण फैलिने खतरा शतप्रतिशत हुने चिकित्सकहरु बताउँछन् ।

ओरल सेक्सका ७ भ्रम र सत्य

​ इन्फेक्सन
गिजाबाट रगत आउनु, मुखमा लागेको कुनै पनि प्रकारको चोट र मुखको छालाको कारणले पनि ओरल सेक्सका दोरान एचआइभी अथवा एसटीडी जस्ता रोगको संक्रमणको खतरा अधिक हुने गर्छ । यी रोगका भाइरस या व्याक्टेरिया शरीरका कुनै पनि भागमा लागेको चोट, घाउबाट पनि शरीरमा सजिलै फैलिन सक्छ ।

​यस्तो अवस्थाम सेक्स नगर्नु राम्रो
यदि तपाईको शरीरमा कुनै पनि प्रकारको छाला जन्य रोग जस्तैः दाद, चिलाउने समस्या छ भने सो समयमा आफ्नो जोडीसँग यौन सम्पर्क नगर्नु राम्रो हुन्छ । किनकी दादजस्ता रोग शारीरिक सम्बन्धका क्रममा सजिलै यौनाङबाट मुखसम्म पुग्न सक्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: