ओली र मोदीले पशुपतिमा धर्माशालाको उद्घाटन गर्दै

काठमाडौं, भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ।

यसै अवसरमा भारत सरकारद्धारा निर्मित पशुपतिनाथस्थित धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्ने गर्दै छन् ।

शुक्रबार प्रधानमन्त्री ओली र मोदी बीच वार्ता भएपछि धर्मशाला उद्घाटनका लागि पशुपतिनाथ जाँदैछन्।भारतीय प्रधानमन्त्री मोदीले २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए।

भारतको लगानीमा निर्माण गरेको उक्त धर्मशालामा ८८ वटा कोठाहरु रहेका छन्। भारतीय प्रधानमन्त्री मोदी आजै बेलुका ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: