Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ र ‘बाँध मायाले’ एकसाथ भिड्दै

काठमाडौं । आगामी असोज ५ गतेबाट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर स्टार चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ सँग जुध्न तम्तयार भएको अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनीत फिल्म ‘बाँध मायाले’ को ‘कलरफूल’ ट्रेलर सार्वजनिक भएको छ ।

‘कन्टेन्ट’ यूक्त ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द, विछोड, रोदन सबै अटाइएको छ ।

आर्यन र सृष्टिबीचको प्रेम सम्बन्धले ल्याउने आरोह अवरोहलाई देखाउन खोजिएको छ । दुईको केमेस्ट्री लोभलाग्दो देख्न सकिन्छ ।

शीर्ष गीत सार्वजनिक भएसँगै चर्चामा रहेको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो ।

ट्रेलरमा प्रेमिल संवादहरु बढी प्रयोग गरिएको छ । अन्तिममा सृष्टिले भनेकी छन्, ‘जानेले त छाडेर गइहाल्छ । तर, यो मुटुबाट जाँदैन ।’

लभस्टोरी चलचित्रका पाखरीका लागि निर्देशक सविर श्रेष्ठले गतिलो प्याकेज बोकेर आएको ट्रेलरबाट अनुमान गर्न गाह्रो छैन । पहिलो पटक स्क्रिन साझेदारी गरेका आर्यन र सृष्टि ‘बाँध मायाले’ मा अर्जुन र श्रद्धाको भूमिकामा छन् ।

फिल्मलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।

फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । यसै फिल्मबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: