Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कतार नेता नेपालले भने – मेरा बारेमा आएका सबै कुरा भ्रामक हुन्

दोहा, भदौ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार यति बेला स्थानीय र प्रदेश सरकारलाई क्रियासिल बनाउन कानुन निर्माण जुटेको बताएका छन् ।

नेता नेपाल अमेरिका जानेक्रममा दोहा ट्रान्जिटमा नेपाली प्रवासी मञ्च र नेपाली जनप्रगतिशिल मञ्च कतारका प्रतिनिधिसँगको दोहाको ओरिस रोटना होटलमा बिहीबार राती भएको भेटघाटमा सरकारलाई काम गर्न नदिन बाहिय शक्तिले गम्भीर पड्यन्त्र गरिरहेको आरोप लगाए ।

प्रवासी संगठनको एकताका लागि पार्टीभित्र गृहकार्य अन्तिम चरणमा रहेको उनले स्पष्ट पारे । सरकार अहिले पर्यटन, उर्जाको क्षेत्रको विकासमा लागिपरेको बताए । उनले भने, ‘अहिलेको सरकार २ वर्ष वा ३ वर्षको लागि सम्झौता गरेर आएको सरकार होइन । यो दिगो र स्थायी सरकार भएकाले काम गर्ने वातावरण दिनुपर्छ।’

देशमा हत्या, हिंसा, बलात्कारका जस्ता गतिविधि गर्नेलाई कडा सजाय र कानुनी दायरामा ल्याइ कडा कारबाह िगर्नु पर्ने उनले बताए ।
कुनैपनि अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्दछ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेपालबीच असन्तुष्टि बढेको भन्ने प्रति नेता नेपाले भने, ‘मेरा बारेमा आएका सबै कुरा भ्रामक हुन् । पार्टी समानान्तर समिति बनाउन लागेको भन्ने कुराहरु सत्य होइन । अहिले सरकार र पार्टी विरुद्ध विभिन्न क्षेत्र र शक्ति केन्द्रबाट पड्यन्त्र भइरहेको छ । त्यसलाई निस्तेज पार्न सबै चनाखो बन्नु पर्दछ।’

भेटमा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेलले देशको समसामयिक बिषय र प्रवासी संगठन एकताबारेमा नेता नेपालसँग जिज्ञासा राखेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: