Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतीय कांग्रेस आइको अध्यक्ष राहुल गान्धी काठमाडौंमा

काठमाडौं, भदौ १५ । भारतीय कांग्रेस आइका अध्यक्ष राहुल गान्धी शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन् ।

राहुल निजी भ्रमणका सिलसिलामा नेपाल आएका हुन्। उनी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोबर जाने बुझिएको छ। गान्धी इन्डिगोको विमानमा केही समयअघि काठमाडौं अवतरण गरेका हुन् ।

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि विमस्टेक शिखर सम्मेलनका लागि यति बेला नेपालमै छन् ।

अध्यक्ष राहुलको नितान्त निजी र तीर्थाटन भ्रमण भएकाले दुई जना सहयोगसहित अति सामान्य तरिकाले नेपाल आइपुगेका छन् । गान्धी शनिबार नेपालगञ्ज जाने कार्यक्रम सार्वजनिक रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: