Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादैं

सोल, भदौ १५ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले पछिल्लो समय विकासित घटनाक्रमका बारेमा छलफल गर्न आफ्ना विशेषदूतका उत्तरकोरिया पठोदै छन् ।

दक्षिण र उत्तर कोरियाली शीर्ष नेताबीच स्थगित भएको शीर्ष बैठक तथा आणविक निःशस्त्रीकरणका बारेमा पनि छलफल गर्न आगामी बुधबार राष्ट्रपति मुनले विशेषदूत प्योङयाङ पठाउन लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनबीच आणविक निःशस्त्रीकरणका विषयमा हुने भनिएको शिखर बैठक केही समयदेखि स्थगित छ ।

हाल नाम प्रचारमा नल्याइएका विशेषदूत सेप्टेबर ५ मा उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्ने राष्ट्रपतिको प्रवक्तालाई उद्धृत गर्दै योन्हाप समाचार समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: