एशिया कप छनोटः नेपाल भर्सेस मलेसिया, पानी पर्दा खेल निर्धारित समयमा नहुने संकेत

काठमाडौं, भदौ १६ । मलेसियामा जारी एशिया कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले तेस्रो खेल आज मलेसियासँग खेल्दै छ । ओमान र यूएईसँग फराकिलो रनले पराजित भएको नेपाल पहिलो जितका लागि आज मैदान उत्रिएको छ ।

बिहान ७ः१५ मा हुने भनिएको नेपाल र मलेसियाबीचको खेल वर्षाले गर्दा ढिलाइ हुने भएको छ । यो समाचार तयार पार्दासम्म टस हुन सकेको छैन । भने, पानी रोकिएको छैन । सुरूवाती दुर्इ खेलमा हार ब्यहोरेको नेपालले प्रतियोगिताको फाइनलको आशा जिवित राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाललाई खेल जित्नै पर्ने दबाव छ । ५० ओभरको खेलमा नेपालले मलेसियासँग हारेको छैन। अहिलेसम्म यी दुई टिम ६ पटक खेलेका छन् ।

 

सन् २००२ मा भएको एसीसी ट्रफीमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको थियो। यस्तै २०१० को एसीसी ट्रफि एलिटमा नेपालले मलेसियालाई ८ रनले पराजित गरेको थियो भने २०१२ मा भएको डिभिजन ४ मा नेपालले मलेसियामाथि १० विकेटको जित हात पारेको थियो।

 

२०१२ कै एसीसी ट्रफी एलिटमा नेपालले मलेसियालाई २१ रनले पराजित गरेको थियो भने २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल ५ विकेटले विजयी भएको थियो। पछिल्लो पटक नेपालले सन् २०१४ को डिभिजन थ्री मा मलेसियासँग खेलेको थियो। मलेसियामै भएको त्यो खेलमा नेपाल डिएल मेथडमा ३६ रनले विजयी भएको थियो।

कमेन्ट गर्नुहोस्