काठमाडौंका ४२ स्थानमा फ्रि-वाइफाई जडान !

काठमाडौं, भदौ १६ । स्वदेशी र बिदेशी पर्यटकलार्इ लक्षित गरि काठमाडौं महानगरपालिकाले राजधानीका ४२ स्थानमा फ्रि-वाइफाई जडान गरेको छ । यहाँका चार पर्यटकिय र चार पार्क गरी ४२ स्थानमा वाईफाई जडान गरिएको महानगरपालिकाका निजी साझेदार कार्यक्रमका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

याे पनि पढ्नुस  पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ

 

काफ्लेका अनुसार महानगरका ३२ ओटै वडाका कार्यालयमा पनि फ्रि वाईफाइ जडान गरिएको छ । उनले पशुपति क्षेत्र, स्वयम्भु, हनुमान ढोका, दरबार क्षेत्र र बौद्धनाथ क्षेत्रका बिभिन्न स्थानमा वाइफाई जोडिएको जानकारी दिए ।

 

पर्यटकलाई लक्षि गरेर वाइफाई जडान गरिए पनि सर्वसाधारणलाई पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । त्यस्तै काठमाडौंका अन्य स्थनान शंखपार्क, बालाजुपार्क, रत्नपार्क, काठमाडौं महानगरको मुुख्यालय रहेको जेडिए भवन, बागदरबार, टेकुस्थित वातावरण ब्यावस्थापन बिभाग, राष्ट्रिय सभा गृहको सभाहल, बानेश्वरको झक्कुवक्कु पार्क लगायतका स्थानमा फ्रि वाइफाई जडान गरिएको महानगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्