चेलिबेटी निर्वाधरुपमा हिंड्न पाउने सुरक्षा व्यवस्था मिलाउन मन्त्री मगरको निर्देशन

भीमदत्तनगर, भदौ १६ ।

खानेपानी मन्त्री बीना मगरले महिलामाथि हिंसाका घटना बढदै गइरहेकोले तत्काल कडा सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिएकी छ्न ।

आज बिहान गृह जिल्ला कन्चनपुर पुगेकी मन्त्री मगरले जिल्ला प्रशासन कार्यालयमा भेला भएका सुरक्षा तथा प्रशासन प्रमुखहरुलाई निर्देशन दिँदै महिला घरबाट निस्केपछि भयरहित भएर निर्वाध हिड्न पाउने वातावरणको सिर्जना हुने गरी सुरक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको औल्याइन् ।

याे पनि पढ्नुस  निर्मलाका बुबा मानसिक रूपमा विक्षिप्त, मेयर र अधिकारकर्मीलाई गाली

उनले भनिन्, ‘एकपछि अर्को जे जस्ता घटना भएका छन, त्यसले महिलाहरुमा झन त्रासको वातावरण सिर्जना गरेको छ । ‘समाजमा अपराधजकि मानसिकतालार्इ नियन्त्रण गर्नु जरूरी छ । सुरक्षा सन्यन्त्र र प्रशासनले सबैतिर सुरक्षाको व्यवस्था मिलाउनु पर्यो ।’

उनले समाजमा आवारागर्दी गर्ने, उद्दण्ड किसिमको जमात बढेर गएकोमा मन्त्रीले चिन्ता व्यक्त गरिन् । निर्मला पन्तका हत्यारा कुनै पनि हालतमा उम्किन नपाउन भन्दै मन्त्री मगरले अनुसन्धानमा गम्भीर भएर लाग्न समेत आग्रह गरिन् ।

याे पनि पढ्नुस  प्रतिवेदनको गम्भीर खुलासा : कहाँ लुकाइए निर्मलाका कपडा, किन पखालियो खसेको वीर्य ?

उनले प्रहरी प्रशासनले सहि ढङले अनुसन्धान गरेर दोषीको पहिचान गरि कारवाहीको दायरामा ल्याउन निर्देशन गरिन् । मन्त्री मगरले आजै निर्मला पन्तका परिवार, बेल्डाडीमा बलात्कृत युवती तथा आन्दोलनमा मारिएका सन्नी खुनाको परिवारलार्इ भेट्ने कार्यक्रम छ । मन्त्री बिना मगरसँगै सांसदहरु डा.दिपकप्रकाश भट्ट र निरु पाल, तथा केही संचारकर्मीकाे टाेली  घटना अध्ययनका लागि कन्चनपुर  पुगेकाे छ ।

कमेन्ट गर्नुहोस्