प्रदेश १ समन्वय परिसद कतारको पहिलो अधिवेशन, कार्की अध्यक्षमा निर्विरोध चयन

दोहा, भदौ १६ । प्रदेश नं १  समन्वय परिसद कतारको पहिलो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले चुडामणि काकीलार्ई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

‘समृद्दि हाम्रो सरोकार, उधमशिलता यसको आधार’ भन्ने मुलनाराका साथ समन्वय परिसद कतारको पहिलो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार दोहाको रेडियसन होटलमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी एनआरएनए मध्यपूर्व संयोज आरके शर्माले देश अहिले संघीयता कार्यान्वयन गर्ने एतिहासिक मोडमा रहेको बताए । त्यसै अनुरुप प्रादेशिक सरकार स्थापनासंगै कामहरू भैरहेकोले प्रबासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीले व्यापार, पर्यटनमा सक्दो लगानी गर्नु पर्ने बताए ।

याे पनि पढ्नुस  छिमेकीको नाकाबन्दीले कतार कमजोर नभर्इ झनै बलियो भयो : विदेशमन्त्री

 

प्रवासमा दुख गरेर कमाएको पैसा स्वदेशमा विभिन्न क्षेत्रमा सक्दो लगानी गर्न उनले सबैमा अनुरोध गरे। कार्यक्रम एतिहासिक भएको भन्दै कतारमा रहेका प्रदेश न १ का सम्पूर्ण जिल्लावासी दाजुभाइ दिदीबहिनीहरुलाई भब्य र सब्य एतिहासिक आयोजना गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा आइसीसी मानर्थ सदस्य नरेन्द्र भाट, कमलमणि गुरागाई, आइसीसी सदस्य बिमल सुवेदी, एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेल प्रबासी नेपाली मन्च कतारका अध्यक्ष चानक पोख्रेल, नेपालि जनसम्पर्क समिति कतारका कार्यबाहक सभापति शंकर न्यौपाने, नेपाली जनप्रगतिशिल मंच अधिबेशन संयोजक रकमध्वज राई, तरार्इ मधेस लोकतान्त्रिक मन्चका हुसेन खान, संघीय समाजवादीका अध्यक्ष डिएन मगर, आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष देबराज राई समाजसेवी सागर नेपाल, प्रदेश समन्वय समितिबाट प्रदेश ४ का आशबहादुर गुरुङ्ग लागायतले शुभकामना मन्तव्य राखेका थिए ।

याे पनि पढ्नुस  १ नं प्रदेशमा नेकपा एकता अन्तिम चरणमा, यस्तो छ सहमति

प्रदेश नं १ समन्वय परिसद कतारको तर्दथ समितिका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अशोक तामाङ र संचालन टेकनाथ बरालले गरेका थिए ।

यसैबिचमा समृद्दि हाम्रो सरोकार, उधमशिलता यसको आधार भन्ने बिषयमा जिल्लाका संस्थाहरुको सशक्तिकरण र प्रदेश समन्वय परिषदको भुमिका, समाज बिकास, ब्याक्तित्व बिकास सरकारसंग समन्वय र दिगो भबिस्यसँग सम्बधित विषयमा बिनोद भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

समृद्दिका लागि प्रवासीको सहभागिताः प्रदेश र स्थानीय सरकारको भुमिका, रेमिटेयान्स, ज्ञान र सीपको सदुपयोग र आर्थिक साथै सामाजिक सुरक्षासंग सम्बन्धित विषयमा कुमार कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ का १४ जिल्लाको बारेमा छोटो परिचय बिनेश तामाङ ले दिएका थिए।

याे पनि पढ्नुस  प्रदेश १ नंको राष्ट्रियसभा सदस्यको मतगणना सकियो, कुन पार्टीबाट को विजयी भए (सूचीसहित)

नर्वनिर्वाचित कार्यसमितिमा एक जना उपाध्यक्ष र एक जना सचिव रहने व्यवस्था छ । उपाध्यक्ष र सचिव निर्वाचित सदस्यहरू मध्येबाट मनोनयन गर्ने विधानमा व्यवस्था छ।

कार्यक्रमका अध्यक्ष कार्कीले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण प्रमुख अतिथि, विशेष अतिथि, अथिति, उपस्थितसँग प्रदेशवासीलाई विशेष धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

कमेन्ट गर्नुहोस्