बिश्वकर्मा समाज नेपाल युएईको तेश्रो बार्षिकोत्स सम्पन्न

युएई,भाद्र १६ ।युएईमा क्रियाशिल बिश्वकर्मा समुदायको साझा संस्था बिश्वकर्मा समाज नेपाल युएईको तेश्रो बार्षिकोत्सव तथा तीज बिशेष सास्कृतिक कार्यक्रम शुक्रबार युएईमा सम्पन्न भएको छ ।

युएईको दुबई स्थित एक होटलमा सम्पन्न भएको उक्त तेश्रो बार्षिकोत्सव तथा तीज बिशेष कार्यक्रममा बार्षिक प्रतिबेदन समाजका प्रबक्ता रोहन सुनारले प्रस्तुत गरेका थिए । प्रबक्ता बिश्वकर्माद्धार प्रस्तुत प्रतिबेदन अनुसार बिभिन्न समयमा स्वदेश तथा बिदेशमा गरि नेपाली दश लाख रुपैया भन्दा बढि आर्थिक सहयोग गरेको समाजको प्रतिबेदनमा उल्लेख गरिएको थियो ।

समाजले उक्त बार्षिकोत्सव कार्यक्रममा युएईमा ब्लडमनिको फैसला सुनाइएका  टोप बहादुर बिकको  उद्धार अभियानमा उल्लेखनिय भुमिका खेल्दै छिटो छरितो रुपमा बिकलाई नेपाल पठाउन नेतृत्वदायी भुमिका खेल्न सफल भएकोमा गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठ लाई सम्मान पत्रको साथमा सम्मान गरेको थियो ।

याे पनि पढ्नुस  युएईमा कोरोना संक्रमित नेपालीको संख्या ८ पुग्यो दुई जनाको उपचार सफल

त्यसैगरि समाजको हरेक गतिबीधिमा उल्लेखनिय भुमिका खेले बापत समाजका संरक्षक योगेन्द्र सिंह बिश्वकर्मा, सहसंरक्षक बाबुराम बिश्वकर्मा, सल्लाहकार कृष्ण बिश्वकर्मा, प्रबक्ता रोहन सुनार लगायतलाई समेत सम्मान गरेको थियो ।
कृष्ण बिश्वकर्माको साहित्यीक प्रस्तुती, ईन्द्र सिन्चुरी र रन्जित रिजालको समय सान्दार्भिक हाँस्य प्रस्तुती, नृत्यकार सारिका सुनार, सनाम रासाईली, गायक कृष्ण सुनार, तार बिश्वकर्मा, कमल बिश्वकर्मा, रामकुमार तिरुवा, हेमराज बिश्वकर्मा, सोनु बिसी, प्रकाश बिश्वकर्मा, केपी लामगादे, सन्ध्या बिश्वकर्मा लगायत कलाकारहरुको बेजोड प्रस्तुतीले कार्यक्रमहल संगीतमय हुनुको साथै नाच्ने र रमाईलो गर्ने दर्शकहरुले हल खचाखच भरिएको थियो ।

याे पनि पढ्नुस  प्रबासी नेपाली एकता मंच युएई द्वारा समस्यामा परेका नेपालीहरु लाई खाद्यान्न सहयोग

समाजका संरक्षक योगेन्द्र सिंह बिश्वकर्मा प्रमुख अतिथी भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ युएईको अध्यक्ष रमेश श्रेष्ठ, समाजका सहसंरक्षक बाबुराम बिश्वकर्मा, गैरआवासीय नेपाली संघ युएईका केन्द्रिय सदस्य लछुमन काफ्ले, अन्तराष्टिय नेपाली समाज युएईका उपाध्यक्ष मुन्ना समसुल हक, ईनास युएईकी अध्यक्ष रेखा घिमिरे, समाजका सल्लाहाकार कृष्ण बिश्वकर्मा लगायत बिशेष अतिथी रहेका थिए ।

आबुधाबी, शारजाह, दुबई लगायतका प्रन्तका अध्यक्षहरुको आतिथ्य र शुभकामना मन्तव्य रहेको उक्त कार्यक्रम सफल बनाउन आफ्नो प्रस्तुती दिएर मनोरन्जन दिलाउने कलाकारहरुलाई प्रशंस पत्रको साथमा सम्मान गरिएको थियो । त्यसैगरि समाजले आयोजना गरेको उक्त कार्यक्रममा प्रायोजक बनेर सहयोेग गर्ने बराह ज्वैलरी नेपाली सुन पसल र जनवाक अल वादी कम्पनीलाई सधन्यबाद सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

याे पनि पढ्नुस  युएईबाट नेपाल फर्किने तयारीमा रहेकी डोल्माको उपचारको क्रममा मृत्यु

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी, बिशेष अतिथी र अतिथीहरुले समाजको सराहनिय कामाको प्रसंशा सहित कार्यक्रम सफलताको शुभकामना दिएका थिए । समाजका सचिब गणेश रसाईलीद्धारा सञ्चालन गरिएको कार्यक्रममा महिलाहरुको लागी मिष्ठान्न भोजन दरको ब्यबस्था समेत रहेको थियो ।

कमेन्ट गर्नुहोस्