सिर्जनशिल पत्रकारिता पुरस्कार घर्तीलाई

बागलुङ, भदो १६ । यस वर्षको सृजनशिल पत्रकारिता पुरस्कार बागलुङमा रहेर सक्रिय पत्रकारिता गर्दे आएका संगम घर्ती मगरलाई प्रदान गरिएको छ ।

पत्रकारद्धय सन्तोष क्षत्री र सिर्जना पन्तले आफ्नो विवाहमा हुने खर्च कटाएर आदर्श सञ्चार सहकारी संस्था बागलुङमा स्थापना गरेको सो कोषबाट नागरिककर्मी घर्तीलाई पुरस्कृत गरिएको हो ।

याे पनि पढ्नुस  ‘फुटसल’ मा आकर्षण बढ्दो

आदर्श सञ्चार सहकारीको १२ औ स्थापना दिवसको अवसरमा भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमा अर्यालले पत्रकार घर्तीलाई नगद पाच हजार सहित दोसल्ला ओढाएर सम्मान प्रदान गरेकी थिइन् ।

क्रियाशिलता, सिर्जनशिलता तथा निरन्तरता लगाएका आधारमा पुरस्कार छनोट समितिले यस बर्षको लागि करिब एक दशक देखि पत्रकारितामा सक्रिय घर्तिलाई प्रदान गर्ने निर्णय गरेको संस्थापक एवं नेपाल पत्रकार महासंघ बागलुङ शाखा कार्यसमिति सदस्य सिर्जना पन्तले बताइन ।

याे पनि पढ्नुस  पुसमा पाँचौँ बागलुङ महोत्सव हुने

पुरस्कार ग्रहणपछि घर्तिले कुनै पनि पुरस्कारको अपेक्षाले आफू पत्रकारतिामा नलागेको भएपनि यसले थप उत्साह र जिम्मेबारीबोध भएको बताए ।

पत्रकार क्षत्री र पन्तले बिहेमा भोजभतेर नगरी आदर्श सञ्चार सहकारीको संयोजन औपचारिक कार्यक्रमका बिच २०७१ साल बैशाख १९ गते प्रगतिशिल विवाह गरेका थिए । कोषबाट प्रत्यक बर्ष धौलागिरि अञ्चलमा कार्यरत एक पत्रकारलाई नगद सहित सम्मान गरिन्छ ।

याे पनि पढ्नुस  प्रहरीद्वारा स्थानीय कुटिए, आन्द्रामा ५२ टाँका

नागरिक राष्ट्रिय दैनिमा बागलुङबाट रिपोटिङ गर्दे आएका घर्ती बिएफबिएस रेडियोमा पनि आवद्ध रहेका छन् ।

कमेन्ट गर्नुहोस्