नेपाललाई नवौं सफलता, सन्दिपले लिए ३ विकेट ! [अपडेट]

काठमाडौं, भदौ १७ । एसिया कप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपालले आफ्नो चौंथो खेलमा सिंगापुरसँग खेलि रहेको छ । टस हारेर फिल्डीङको मौका पाएको सिंगापुरको नवौं विकेट पतन भएको छ ।

 

सिंगापुरको नवौं विकेट सन्दिप लामिछानेले लिएका छन् । सन्दिपको नाममा आज यो तेस्रो विकेट हो । यसअघि ललितनाराण राजवंशीले ३, पारस र सोमपालले समान १-१ विकेट लिइ सकेका छन् ।

याे पनि पढ्नुस  नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

 

३८ ओभरको खेल सकिदा सिंगापुरले नवौं विकेट गुमाउँदै १४० रन बनाएर खेलि रहेको छ । यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा सञ्चालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनौट प्रतियोगितामा भाग लिंदै छन्।

याे पनि पढ्नुस  सीपीएलमा अहिले पोलार्ड र ब्राबोको टिम भिड्दै [LIVE]

 

प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हङकङ, ओमान र सिंगापुर भिड्दै छन्। यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह ‘ए’ मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा न खेल्ने मौका प्राप्त गर्नेछ।

कमेन्ट गर्नुहोस्