स्तर वृद्धि भएपनि छोटी भन्सारकै काम

नवलपरासी, भदौ १७ । मन्त्रिपरिषद स्तरीय निर्णयबाट पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सारका रुपमा स्तरवृद्धि गरिए पनि कार्यान्वयनमा आउन सकेको छैन् ।

दरबन्दी स्वीकृत लगायतका अधिकांश काम नहुँदा मूल भन्सार स्तरवृद्धि कार्यान्वयनमा आउन नसकेको हो । गत साउन १ गतेबाट लागू हुने गरी सरकारले मन्त्रिपरिषद स्तरीय निर्णयबाट महेशपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सार बनाउने निर्णय गरेको थियो ।

माथिल्लो तहबाट कर्मचारी अन्य प्राविधिक काम बाँकी रहेकाले तत्कालका लागि छोटी भन्सारको रुपमा काम गर्दै आएको महेशपुर छोटी भन्सार कार्यालयका नायब सुब्वा रामबहादुर विकले जानकारी दिए ।

याे पनि पढ्नुस  नेपाल र भारत बिचको सम्बन्ध प्रगाढ : नेता कण्डेल

सो निर्णय पूर्ण रुपमा कार्यान्वयन नहँुदा र सोही अनुसार कर्मचारी नआउँदा पुरानै रुपमा काम हुँदै आएको भैरहवा मूल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भूपालराज शाक्यले जानकारी दिए ।

महेशपुर छोटी भन्सार कार्यालयमा हाल तीन कार्यालय सहयोगी, एक खरिदार र दुई सुब्बा गरी कूल ६ कर्मचारी छन् । ती ६ कर्मचारी सधैँ महेशपुर छोटी भन्सार कार्यालयमा स्थायी रुपमा नबस्ने कर्मचारी हुन् । भैरहवा मूल भन्सार कार्यालयले प्रत्येक एक ÷एक महिनाका लागि मात्र कर्मचारी पठाउने गर्दछ ।

याे पनि पढ्नुस  कस्तो अचम्म ! जहाँको पानी नमिसार्इ स्थानीयको खाना पाक्दैन

कोलकाता बन्दरगाहबाट सबैभन्दा छोटी दूरी भएको दाबी गरिएको महेशपुर भन्सार कार्यालयको स्तरोन्नति भएकोले अब त्यसलाई कार्यान्वयनमा ल्याउन सकिएमा यस क्षेत्रको आर्थिक वृद्धिमा योगदान पुग्ने नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का संयोजक गुणनिधि तिवारी बताउँछन् ।

पश्चिम नवलपरासी र पूर्वी नवलपरासीमा कूल दुई दर्जन ठूला उद्योग÷कल कारखाना छन् । अधिकांश उद्योग÷कल कारखानाको कच्चा पदार्थ आयातका लागि भारतीय बजारको भर पर्नुपर्ने हुन्छ । पश्चिम नवलपरासीमा रहेका महेशपुर, गेर्मी, भुवहवा र गुठीप्रसौनी छोटी भन्सारमध्ये महेशपुर भन्सार मात्र सञ्चालनमा छ । रासस

कमेन्ट गर्नुहोस्