आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर देशभरिका चिकित्सकहरु आन्दोलनमा

काठमाडौं, भदौ १७ । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर देशभरिका चिकित्सकहरु आन्दोलित भएका छन् ।

नयाँ मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० मा भएको व्यवस्था संशोधनको माग गर्दै नेपाल चिकित्सक संघको नेतृत्वमा आइतबार काठमाडौंको माइतीघरबाट शुरु गरेको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

याे पनि पढ्नुस  चिकित्सकहरुको आन्दोलन स्थगित, भदौ २५ सम्म माग पूरा गर्न अल्टीमेटम

कोणसभालाई डा गोविन्द केसी, डा हरिहर वस्ती, डा केदारनरसिंह केसी, मुक्तिराम श्रेष्ठ, लगायतले चिकित्सकको मनोवल गिराउने खालको व्यवस्था सच्याउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्