माछापुच्छ्रे बैंकद्वारा १०१ कर्मचारी माग

काठमाडौं । माछापूच्छ्रे बैंक लिमिटेडले विभिन्न पदमा १०१ जना कर्मचारी मागेको छ । बैंकले शाखा प्रमुख, म्यानेजर, म्यानेजमेन्ट ट्रेनीलगायतका पदमा कर्मचारी माग गरेको हो ।

 

बैंकले उपत्यकाभित्र तथा बाहिर गरि ६ वटा शाखा कार्यालयका लागि शाखा प्रमुख, सहायक स्तरको अधिकृत तहमा ७ जना रिलेसनसीप म्यानेजर खोजेको छ ।

 

यो पदका लागि स्नातकोत्तर गरि बाणिज्य बैंकहरुमा कम्तीमा तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। अधिकतम ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

याे पनि पढ्नुस  अोम गणेशाय नम : वचत तथा ऋण सहकारीमा कर्मचारी माग्यो (सूचीसहित)

 

सामान्य प्रसासनको लागि पनि तीन जना सहायक स्तरको अधिकृत आवश्यक परेको छ। २ वर्ष कार्यानुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

 

म्यानेजमेन्ट ट्रेनीको लागि १५ जना कर्मचारीको माग भएको छ । स्नातकोत्तरमा कम्तीमा पनि ६० प्रतिशत अंक ल्याएका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्।

याे पनि पढ्नुस  सहकारीमा कर्मचारी माग्याे (तालिकासहित)

 

यसको लागि कार्यानुभवको आवश्यकता नपर्ने बैंकले जनाएको छ । यस पदको लागि ३० वर्ष सम्मकाले आवेदन दिन पाउने छन् ।

यस्तै, बैंकले सहायक स्तरका ७० जना माग गरेको छ । बैंकले बिबिए तथा बिबिएस गरेकालाई ट्रेनीको अवसर प्रदान गर्ने भएको छ।

याे पनि पढ्नुस  सामाजिक सुरक्षा कोषले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

 

स्नातक तहमा कम्तीमा पनि ५५ प्रतिशत तथा ३.२५ जिपिए हासिल गरेका विद्यार्थीले आवेदन दिन सक्ने बैंकले जनाएको छ । आवेदन अनलाइनबाट दिनु पर्नेछ र बैंकको वेवसाइटमा गएर भदौ ३१ गतेभित्रमा आवेदन दिइसक्नु पर्नेछ ।

थप जानकारीका लागि तलको आवश्यकता हेर्नुस्-

कमेन्ट गर्नुहोस्