पूर्वजनमुक्ति सेना दिपेश श्रेष्ठको निधन, वाइसीएल स्तब्ध

काठमाडौं, भदौं १८ । वाइसीएल नेपालका पूर्व केन्द्रीय सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता दिपेश श्रेष्ठको निधन भएको छ । पूर्वजनमुक्ति सेनासमेत रहेका श्रेष्ठको भरतपुर क्यान्सर अस्पताल निधन भएको हो ।

सुनसरी जिल्लाको लोकप्रिय युवा नेता दिपेश ब्लड क्यान्सरको उपचारको क्रममा सोमबार विहान ३ बजे बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर नितवनमा निधन भएको हो ।

याे पनि पढ्नुस  सुनसरी आगलागीमा ७० घर जले, करोडौंको क्षति

उनको निधनप्रति शोक बक्तव्य जारी गर्दै वाइसीएल नेपालले भनेको छ, ‘नेपाली युवा आन्दोलनमा गौरवशाली इतिहास बोकेको हाम्रो संगठन योङ कम्युनिष्ट लीग नेपालको पूर्वकेन्द्रीय सदस्य माओवादी आन्दोलनभित्र रहेर जनमुक्ति सेना नेपालको कुशल योद्धाको भुमिका निर्वाह गरि हाल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सुनसरी जिल्लाको लोकप्रिय युवा नेता कमरेड दिपेश श्रेष्ठको ब्लड क्यान्सरको उपचारको क्रममा भरतपुर क्यान्सर हस्पीटलमा मिति २०७५ भाद्र १८ गते राती ३ बजे भएको निधनले हामीलाई स्तब्ध बनाएको छ ।’

याे पनि पढ्नुस  विद्युत नियमन आयोगः ऊर्जामन्त्रीद्वारा समिति गठन

२०४४ चैत्र १८ गते जन्मीएका दिपेश ३० वर्षकै अल्पायूमै भएको अपत्यारिलो यो मृत्युुले युवा आन्दोलनमा अतुलनीय क्षति हुन पुगेको छ भने नेकपा सुनसरी जिल्लाले समेत एउटा कुशल संगठक गुमाएको छ । यस घडीमा कमरेड दिपेश श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि गहिरो समबेदना व्यक्त गर्दछौ, बक्तव्यमा उल्लेख छ ।
क्रान्तिकारी

कमेन्ट गर्नुहोस्