प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, आदेश पालन नभएकोमा गम्भीर चासो व्यक्त

काठमाडौं, भदौ १८। सर्वोच्च अदालतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेश दिएको छ । साथै सर्वोच्चले बन्दी प्रत्यक्षीकरण आदेशको कानुन कार्यान्वयन गर्ने निकायबाट पटक पटक उल्लंघन भएको गम्भीर सरोकार व्यक्त गरेको छ ।

याे पनि पढ्नुस  आयोगले अदालतलाई जवाफ सोमबार पठाउने

सोमबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले हाल नुवाकोटमा थुनामा रहेका प्रकाण्डलाई जिल्ला न्यायाधीशको रोहबरमा छाड्न आदेश दिएको छ । साथै उसले कानुन कार्यान्वयन गर्ने निकायबाट आदेशलाई असम्मान गरेकोमा गम्भीर सरोकार व्यक्त गरेको छ ।

यसअघि दुई वटा बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले दुई पटक थुनामुक्त गर्न आदेश दिए पनि सर्वोच्च परिसरबाट प्रहरीले पक्राउ गरेको थियो । गैरकानुनी थुनाबाट मुक्त गर्ने आदेश दिँदादिँदै त्यसलाई उल्लंघन गरेर पुनः पक्राउ गरेको भन्दै सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न भनेको छ ।

याे पनि पढ्नुस  कान्तिपुरमाथि लगाइएको मानहानी मुद्दाप्रति चौतारीको आपत्ति

आदेशमा भनिएको छ, ‘यसरी अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानुनी दायित्व भएका निकायहरबाट बारबार बन्दी प्रत्यक्षीकरण सम्बन्धीमा भएको आदेशलाई असम्मान गरेकोमा अदालतको गम्भीर सरोकार छ ।’

कमेन्ट गर्नुहोस्