हङकङसामु ९६ रनको लक्ष्य

काठमाडौँ । मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङ सामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मलेशियाको राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  इंग्ल्याण्ड र पाकिस्तानको अन्तिम टेष्ट क्रिकेट आज

अनिलकुमार साहले १५, अरिफ शेषले १८ र कप्तान पारस खड्काले १४ रन बनाउनुबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

हङकङका इहशान खानले चार तथा तनवीर अफजल र मोहमद खानले समान दुई÷दुई विकेट लिए । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ ।

याे पनि पढ्नुस  यूएई विरुद्धको निर्णायक खेल भोलि, सिरिज जित्ने नेपालको सम्भावना कति ?

हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ ।

नेपाल ओमन र संयुक्त अरब इमिरेट्स (युएइ)सँग पराजित भएको थियो भने आयोजक मलेशिया र सिङ्गापुरलाई हराएको थियो । रासस

कमेन्ट गर्नुहोस्