प्रकाण्डलाई रिहा गर्न अदालतको चौथो आदेश, फेरि पक्राउ गरी दाङ लगिदै

भोजपुर, भदाै २० । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरेलगतै फेरि प्रहरीले पक्राउ गरेको छ ।

बुधबार भोजपुर जिल्ला अदालतले ६० हजार धरौटीमा रिहा गरे लगत्तै प्रहरीले उनलाई फेरि पक्राउ गरेको हो । प्रकाण्डलाई बुधबार नै दाङ लगिएको छ ।

याे पनि पढ्नुस  शंका नगर्नुस्, घोषणापत्रका प्रतिबद्धता पूरा हुन्छन्ः नेता गौतम

गएको साउन २२ गते राजधानीबाट पक्राउ परेका प्रकाण्डलाई यो समेत गरी चार पटक अदालतले रिहा गर्न आदेश दिइसकेको छ । यसअघि सर्वोच्च आदतले तीन पटक बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै रिहाको आदेश दिए पनि प्रहरीले फेरि पक्राउ गर्ने गरको छ ।

याे पनि पढ्नुस  दुई अध्यक्षबीचको एकता विश्वमै नमूना हो, कसैले तोड्न सक्दैनः प्रधानमन्त्री ओली

उनलाई गएको मंसिरमा सम्मपन्न प्रदेशसभा चुनावका उम्मेदवार रहेका शेरधन राई चढेको गाडीमा बम विष्फोट गराएको अभियोग लगाइएको छ । जसमाथि सुनुवाई गर्दै बुधबार अदालतले धरौटीमा रिहा गरेको थियो ।

त्यसअघि उनलाई नुवाकोट अदालतमा पुर्याइएको थियो । नुवाकोट प्रहरी हिरासतमा रहेका प्रकाण्डलाई सर्वोच्चको आदेशमा मंगलबार रिहा गरे लगत्तै पक्राउ गरी मंगलबार नै भोजपुर लगिएको थियो ।

कमेन्ट गर्नुहोस्