रोजगारीका लागि साउदी पुगेका ५ नेपाली अलपत्र

बेनी रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित ५ युवा अलपत्र परेका छन् ।

दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र परेका हुन् ।

अजीब अल हाजिरी कम्पनीमा सवारीचालकको काम गर्दै आए पनि आफूसँगै कार्यरत साथीलाई कुटपिट गरेको र त्यसो नगर्न आग्रह गर्दा आफूमाथि समेत दुव्र्यवहार गरिएको अलपत्र पर्नुभएका भकिम्लीका छन्त्यालले टेलिफोनमा बताए।

याे पनि पढ्नुस  कारसँगै अब साउदी महिलाले बाइक र ट्रक पनि चलाउन पाउने

कान्तिपुर मेनपावर कम्पनीमार्फत दुई वर्षका लागि त्यहाँ पुग्नुभएका उनलाई कम्पनीले तीन वर्ष पूरा नभएसम्म घर फिर्ता हुन नदिने धम्की दिँदै आएकामा अहिले आफूहरूलाई कुटपिट गरी साथमा रहेको मोबाइल र पर्ससमेत खोसेर कम्पनीबाट निकाला गरेपछि अहिले समस्यामा परेको उनको गुनासो थियो । अर्का पीडित मल्कबाङका घर्तीले भने, ‘‘हामी यहाँ अलपत्र परेका छौँ, कम्पनीले निकालेपछि एक दिन सडकमै बितायौँ, अहिले कहाँ बस्ने र के खाने त्यो पनि ठेगान छैन ।”

याे पनि पढ्नुस  भेटियो खशोग्गीको शव, दूतावासभित्रै मारिएको पुष्टि हुने पर्याप्त आधार

आफूहरूको पासपोर्ट, लाइसेन्सलगायतका सबै कागजपत्र कम्पनीले नै राखेको र नेपाल फिर्ता हुनबाट रोक्ने, कडा परिश्रम गर्न लगाउने, शारीरिक यातना दिने गरेपछि दूतावास र श्रम अदालत धाउँदासमेत आफूहरू घर फर्कने वातावरण नबेपछि थप समस्या भएकाले आफूहरू नेपाल फर्कन चाहेको बताउँदै उनीहरूले सबै सरोकारवालालाई घर फिर्ताका लागि पहल गरिदिन अनुरोध गरे । रासस

कमेन्ट गर्नुहोस्