आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत

राजविराज । प्रदेश सरकारले तेस्रो मधेश आन्दोलनमा खुट्टा गुमाएका सप्तरीका एक व्यक्तिलाई राहत रकम उपलब्ध गराएको छ ।

प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–३ भारदहका श्रवणकुमार झालाई रु तीन लाख राहत रकम उपलब्ध गराएका हुन् ।

मन्त्री साहले आन्दोलनका क्रममा शहीद भएकाको परिवार र घाइतेको जीवनयापन सहज गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

याे पनि पढ्नुस  आगलागीमा रु दश लाख बढीको धनमाल नष्ट

विसं २०७२ मङ्सिर ५ गते तेस्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर झाको दायाँ खुट्टामा चोट लागेको थियो । त्यतिबेला उपचारकै क्रममा उनको खुट्टा काट्नुपरेको थियो ।

नेपाल पत्रकार महासङ्घ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सङ्घीय समाजवादी फोरम नेपालका नेता विनोद माझी, स्थानीय सञ्चारकर्मी गङ्गा साह र रामसेवक यादवलगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो ।

याे पनि पढ्नुस  मदिरा ओसारपसारमा स‌ंलग्न ६ जना पक्राउ

कुखुराको चल्ला बरामद

भारतबाट नेपालतर्फ अवैधरूपमा ल्याउँदै गरेको तीन हजार चार सय बोइलर कुखुराको चल्ला सप्तरीको बलान बिहुल गाउँपालिकाबाट बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी मौवाहा मल्हनियाबाट खटिएको गस्ती टोलीले उक्त कुखुराको चल्ला बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

याे पनि पढ्नुस  राजविराजमा शङ्कास्पद ग्रिनेड बम फेला

झण्डै रु एक लाख १९ हजार मूल्य पर्ने कुखुराका चल्लासहित सप्तरीको बोदेबर्साइन नगरपालिका–५ का अशोककुमार साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । ६० कार्टुनमा तीन हजार चार सय कुखुराका चल्लासहित प्रहरीले साहलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्