तीज नजिकिँदै गर्दा बजारमा सुनचाँदीको भाऊ ह्वात्तै बढ्यो

काठमाडौं । साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  बुधबार बजारमा सुनको मूल्य अवस्था कस्तो छ ?

बुधबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७१० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्