भदौ ३० गतेदेखि अनिश्चितकालीन पेट्रोलियम पदार्थ ढुवानी बन्द गर्ने चेतावनी

काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले सरकार समक्ष १८ बुँदे मागपत्र पेश गरेको प्रति बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनको कार्यक्रमको घोषणा गर्दै पहिलो दिन देशव्यापी डिपोहरूमा कोणसभा गरेको छ ।

पेट्रोलियम ट्याङ्कर चालक संघ बुधबार १८ बुँदे माग राख्दै नेपाल आयल निगम थानकोट डिपोमा कोणसभाको आयोजना गरिएको हो । कोणसभामा बोल्दै आफुहरूको माग सम्बोधन नभए भदौ ३० गतेदेखि अनिश्चितकालीन पेट्रोलियम पदार्थ ढुवानी बन्द गरी आफ्नो सवारीको चावी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा बुझाउने नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ अध्यक्ष ईश्वर लामाले बताए ।

याे पनि पढ्नुस  काठमाडौँ जेसिजको साताब्यापी कार्यक्रम, दीगो विकास लक्षमा सघाउने

मागपत्रमा पेट्रोलियम ट्याङ्कर चालकहरु दक्ष दर्जाका श्रमिक भएकोले उनीहरुको न्यूनतम मासिक पारिश्रमिक ३२ हजार पुर्याउनुपर्ने, बिरामी हुँदाको रकम उपलव्ध गराइनुपर्ने लगायतका १८ बुँदे माग समावेश गरिएको छ ।

संघका अध्यक्ष इश्वर लामाको नेतृत्वमा भदौ ३ गते वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर चालक संघको एक प्रतिनिधिमण्डलले मन्त्री मातृका यादवलाई सो मागपत्र बुझाएको थियो ।

कमेन्ट गर्नुहोस्