नेपालले अब चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने [सम्झौतापत्र सहित]

काठमाडौं, भादै २२ । नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । सन् २०१६ मा भएको पारवाहन सम्झौताअनुरुप नेपाल र चीनको प्रोटोकल (कार्यविधि) मा हस्ताक्षर भएसँगै नेपालले चीनका सबै व्यापारीक बन्दरगाह प्रयोग गर्न पाउने भएको हो ।

 

दुवै देशका सरकारी अधिकारीबीच बिहीबार मध्यरातमा सम्झौता भएको हो । सम्झौताअनुसार अब नेपालले तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्से लगायतका सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको हो।

याे पनि पढ्नुस  नेपाललाई चीनका बन्दरगाह खुला

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा जारी विज्ञप्तीमा बन्दरगाहबाट नेपालसम्म आउने जुनसुकै उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धीत प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया, पारवहनसँग सम्बन्धी विविध विषयमा पनि महत्वपूर्ण सम्झौता भएको उल्लेख उल्लेख गरिएको छ । अन्नपूर्ण पोष्टमा खबर छ ।

याे पनि पढ्नुस  चीनले २५ करोड दिने, समझदारी पत्रमा हस्ताक्षर

 

नेपालका तर्फबाट बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू र चीनका तर्फबाट त्यहाँका यातायात सेवा विभाागका महानिर्देशक वाङ सुपिङको नेतृत्वबीच दुई दिनको छलफलपश्चात पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिइएको हो। हाल नेपालले भारतका दुई सामुन्द्रिक बन्दरगाहमात्रै प्रयोग गर्दै आएको छ। सम्झौतापत्र यस्तो छ-

याे पनि पढ्नुस  नेपाललाई चीनका बन्दरगाह खुला

कमेन्ट गर्नुहोस्